Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

गुराँस लघुवित्त वित्तीय संस्थाको नाफाको उल्लेख्य सुधार

गुराँस लघुवित्त वित्तीय संस्थाको नाफाको उल्लेख्य सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा गुराँस लघुवित्त वित्तीय संस्थाको नाफाको उल्लेख्य सुधार आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पुुस मसान्तसम्म कम्पनीको नाफा २ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा संस्थाको नाफा १ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । पुस मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशत बढेर ८ करोड ७६ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन नाफा ६७.७७ प्रतिशतले बढेर ३ करोड ७० लाख ५१ हजार रुपपैयाँ पुगेको छ ।

यो अवधिमा संस्थाको वितरणयोग्य नाफा १ करोड ९५ लाख ९ हजार रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य प्रति सेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा छ । यो अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ४० रुपैयाँ २२ पैसा रहेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ ।

१३ करोड २३ लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख २६ हजार रुपैयाँ छ । १ अर्ब ९५ करोड ३९ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले २ अर्ब १० करोड ६४ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit