काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब साढे ३ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता शेयर बैंककै शेयरधनीहरुले खरिद गर्न सक्ने गरी आवेदन निकालेको हो ।
बिक्रीमा राखिएको उक्त शेयर खरिद गर्न चाहने लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। बैंकका अनुसार शेयर खरिद गर्न चाहने लगानीकर्ताले काठमाडौं कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ।
तोकिएको समय (एक महिना पाँच दिन) भित्र संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरे अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्