काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा ५३ सय रुपैयाँले महँगिएको सुनको मूल्य आज पुनः १२ सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार एक तोला सुन दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला चार हजार आठ सय ४० रूपैयाँमा किनबेच चाँदी आज तोलामा चार हजार आठ सय ९५ रूपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्