Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महानगरले भत्काइदियो पूर्व उर्जामन्त्रीको ‘खड्का ल्यान्ड डेभलपमेन्ट’ले बनाएको संरचना

महानगरले भत्काइदियो पूर्व उर्जामन्त्रीको ‘खड्का ल्यान्ड डेभलपमेन्ट’ले बनाएको संरचना
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । स्काउटले भाडामा दिएको काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको आरोप कांग्रेस नेता खड्कामाथि लागेको छ । लामो समयदेखि विवादमा रहेको सो जग्गामा खड्काको कम्पनीले विभिन्न संरचना बनाएको थियो ।

यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।

नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको हो । उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो ।

उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो । सम्झौता गरेको समय अवधि सकिएपनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा आपसी समझदारीमा प्रयोग गर्दै आएको थियो ।

तस्बिर : नेपाल न्यूज बैंक

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit