Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै, निजी क्षेत्रबाट लगानी बढाउनुपर्नेमा जोड

नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै, निजी क्षेत्रबाट लगानी बढाउनुपर्नेमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले हरित ऊर्जाको प्रयोग बढाउन बलियो कानुनी तथा नीतिगत आधार तयार गर्नेतिर सरकार लागेको बताएका छन् । सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न यस्तो व्यवस्था आवश्यक भएकोले त्यसलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सम्पन्न हरित ऊर्जा र कार्बन अर्थतन्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनमा मन्त्री सिन्हाले संविधानले हरेक नागरिकलाई दिएको स्वच्छ वातावरणको हक र दिगो विकास लक्ष्य भेट्न पनि यस्ता नीति आवश्यक रहेको प्रस्ट पारे । विद्युतीय उपकरण र सवारीसाधनमा दिइएको सहुलियत, सन् २०३५ सम्म सौर्य ऊर्जाको जडित क्षमता ५०० मेगावाट पु¥याउने लक्ष्य तथा हालै बनेको इथानोल मिश्रणसम्बन्धी कार्यविधि यसैको उदाहरण भएको उनको भनाइ थियो । परम्परागत भट्टीलाई विद्युतीय भट्टी परिवर्तन गर्नसमेत सहुलियत दिइएको उनले जानकारी दिए।

उनले भने, ‘दिगो विकासका लक्ष्य सम्बन्धि सन २०३० को कार्ययोजना, तेस्रो राष्ट्रिय निर्धारित योगदान, १६ औँ योजना, विद्युत खपत वृद्धि तथा इन्धन न्यूनीकरण सम्बन्धि कार्य २०८०, उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ लगायत नेपालले अघि सारेका उर्जा र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय उर्जा, उर्जा दक्षता र स्वच्छ उर्जाको रुपान्तरणलाई उच्च प्राथमिकता नेपालले दिएको छ ।’

यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले कुल ऊर्जा खपतमा ६० प्रतिशत अझै आयातित इन्धनको भर पर्नुपर्ने अवस्थामा उत्सर्जनको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए । नीतिगत स्पष्टता भए पनि कार्यान्वयन पक्ष फितलो रहेको र निजी क्षेत्रलाई आकर्षित गर्न नसक्दा प्रगति हुन नसकेको भनाइ छ । हरित उर्जा क्षेत्रमा लगानी बढाउने अहिले उपयुक्त समय भएको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्र र सरकाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । ‘बैङ्कहरुमा ११ खर्ब बराबरको कर्जा योग्य रकम रहेको र ब्याज कम भएको बेला हरित ऊर्जामा लगानी गर्ने राम्रो मौका रहेको विषय निजी क्षेत्रलाई राम्रोसँग बुझाउनुपर्छ,’ उनले भने ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारीले अहिलेसम्म नवीकरणीय ऊर्जाबाट १४० मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिए । उनले यसलाई बढाउन २७ मेगावाट सौर्य ऊर्जा प्लान्ट र विद्युत् खपत बढाउन १३२ वटा चार्जिङ स्टेसन र ५१३ वटा चार्जिङ लेन्सको व्यवस्था गरेको बताए ।

सिँचाइमा आयातित इन्धनको खपत घटाउन चार हजार १३७ वटा सोलार पम्पको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit