Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयलाई समेट्दै कर्मचारी लक्षित अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको उक्त नियमित प्रशिक्षण कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो। प्रशिक्षण कार्यक्रम कम्पनीका प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझी, अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जिव सिंहले प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत रायमाझीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थामार्फत हुनसक्ने जोखिम, त्यसका चुनौती र समाधानका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो। साथै सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली तथा निर्देशनअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।

प्रशिक्षणमार्फत कर्मचारीहरूको काम, कर्तव्य र अधिकारबारे स्पष्टता गराउँदै उनीहरूको क्षमता तथा सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

बदलिँदो बीमा क्षेत्रको परिवेशसँग कर्मचारीहरूलाई अभ्यस्त गराउन यस्ता कार्यक्रमहरू सहयोगी हुने विश्वास कम्पनीले लिएको छ। साथै ग्राहकको आवश्यकता पहिचान गरी निष्पक्ष र उपयुक्त परामर्श प्रदान गर्नु बीमा सेवाको महत्वपूर्ण पाटो भएको विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रममा सहभागी विभागीय प्रमुखहरूले अभिकर्ता तथा ग्राहकहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रदान गर्न अपनाउनुपर्ने प्रक्रिया र कार्यविधिबारे पनि प्रशिक्षण दिएका थिए।

कम्पनीका अनुसार कर्मचारीहरूको व्यावसायिक विकासका लागि यस्ता किसिमका प्रशिक्षण कार्यक्रमहरू आगामी दिनमा देशभरका शाखा तथा प्रादेशिक कार्यालयहरूमा निरन्तर सञ्चालन गरिनेछ। यसका साथै कम्पनीले कर्मचारीहरूलाई विदेशमा समेत विभिन्न किसिमका तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएको जनाएको छ।

हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit