Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेप्से घट्ने, कारोबार बढ्ने किन भइरहेको छ?

नेप्से घट्ने, कारोबार बढ्ने किन भइरहेको छ?
विज्ञापन
Advertisement

काठमाडाैं। यतिबेला नेप्से सूचक सामान्य अंकले घट्दा पनि कारोबार रकम भने बढीरहेको छ । अघिल्लो दिन पाँच अंकले बढ्दा कारोबार रकम ११ अर्ब ३९ करोड रुपैयाँ पुग्यो । मंगलबार नेप्से सूचक ४२ अंकले घट्दा कारोबार रकम १३ अर्ब रुपैयाँ पुगेको थियो । तर, आज साताको अन्तिम कारोबार दिन विहिबार आइपुग्दा नेप्से परिसूचक १७.५३ अंकले घटेर २ हजार सात सय १४.०५ विन्दुमा आइपुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से परिसूचक घटे पनि कारोबार रकम अघिल्लो दिनको भन्दा बढ्न पुग्यो । दोहोरो अंकले घटेको बजारमा ३ करोड ३५ लाख कित्ता शेयर किनबेचहुँदा १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, एसवाई प्यानेल नेपाल,युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर लिमिटेडको ४४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।
यसले लगानीकर्ताहरु यतिबेला नाफा बुक गरिरहेका संकेत गर्छ । किनभने यो सातामा आइपुग्दा नेप्से सूचक खासै धेरै अंकमा नघटेको भए पनि लगानीकर्ताहरु सुचक बढ्ना लगानी बढेको छ । जसले यतिबेला छोटो समयमा थोरै भए पनि नाफा बुक गर्दा कारोबार रकम बढेको लगानीकर्ताहरु बताउँछन् ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये जलविद्युत उपसमूह, लगानी समूह र म्यूचुअल फण्डको सामान्यले बढ्दा अन्य उपसमूहको सूचक घट्न पुगेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक, सान्भि इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit