Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज
File Photo
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए। सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा परेका थिए। चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उहाँ यही माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना भएका थिए।

यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit