काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन नेप्से परिसूचक १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा आइपुगेर नेप्से पुन २७ सयको विन्दुबाट एक तह तल झरेको हो ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा ३२९ कम्पनीको २२ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब १० करोड रुपैयाँ कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी,एसवाई प्यानेल नेपाल,राधि विद्युत कम्पनीको ३८ करोड ९८ लाख रुपैयाँदेखि ५५ करोड ५२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन मिथिला लघुवित्त वित्तीय संस्था,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,एनआइबीएल ग्रोथ फण्ड,शिवश्री हाइड्रोपावर, आखुँखोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.६२ प्रतिशतदेखि ९.७० प्रतिशतसम्मले बढेको छ।
घटेको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, कालिका पावर कम्पनी, हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य ६.६५ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेर नकारात्मक सर्किट लागेको छ ।














प्रतिक्रिया दिनुहोस्