Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग
विज्ञापन
Advertisement

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पोखरा–१७ दोबिल्ला, कास्कीमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउँदा बैंकलाई खुशी लागेको बताए। उनले साहारा क्लबले समाजमा उदाहरणीय र प्रशंसनीय कार्य गर्दै आएको उल्लेख गर्दै क्लबका पदाधिकारीहरूको प्रशंसा समेत गरे।

सहयोग रकमका लागि आभार व्यक्त गर्दै क्लबका अध्यक्ष थापाले प्राप्त रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानाको व्यवस्थापनमा खर्च गरिने जानकारी दिए।

हाल एकेडेमीमा १५ जिल्लाका कठिन तथा विपन्न परिस्थितिका ३० जना बालक आश्रित रहेका छन्। साहारा क्लब पोखराले उनीहरूको लालन–पालन, शिक्षा र फुटबल प्रशिक्षण गर्दै आएको छ।

क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ। देशका सातै प्रदेशमा सेवा विस्तार गरेको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ शाखा कार्यालय र एक विस्तारित शाखा सञ्चालनमा छन्। ‘निरन्तर सहयात्रा’ नारासहित बैंकले आधुनिक प्रविधिसहित सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

साथै ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बचत निक्षेप खातामा आकर्षक ब्याजदरसम्बन्धी विशेष योजना समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit