Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य  पछ्याएको नेपालको पावरप्लेमा मध्यम सुरुआत
Nepal's Sher Malla, second left, celebrates with teammates the wicket of England's Phil Salt during the T20 World Cup cricket match between England and Nepal in Mumbai, India, Sunday,Feb. 8, 2026.(AP Photo/Rafiq Maqbool)
विज्ञापन
Advertisement

काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी खेलमा नेपालले छ ओभरमा दुवै ओपनर गुमाउँदै ४७ रन बनाएको छ ।टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउदै एक सय ८४ रनको योगफल बनायो ।

इङ्ल्याडका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रनको योगदान दिए । त्यसैगरी कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, र नन्दन यादवले समान दुई दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे ।

नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit