Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि

मछिन्द्रले तेस्रोपटक जित्यो केपी ओली कप फुटबलको उपाधि
विज्ञापन
Advertisement

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ ।स्टेफेन जमाहाले एक गोल गर्दा एक गोल उपहार पायो । खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोष्टमा प्रहार गरे ।

विज्ञापन
Advertisement
Advertisement

बिमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका स्टेफेनले खेलको ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो ।

उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्‍यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुप¥यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit