images
images

सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले जित्यो एसिसी मेन्स यु–१६ इस्ट जोन कप

images
images
images

काठमाडाैं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।

images
images

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३र३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

images
images

प्रतिक्रिया दिनुहोस्