Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले जित्यो एसिसी मेन्स यु–१६ इस्ट जोन कप

सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले जित्यो एसिसी मेन्स यु–१६ इस्ट जोन कप
विज्ञापन
Advertisement

काठमाडाैं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३र३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit