Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

संसद् विघटनले विधायन प्रक्रिया प्रभावित, ३० वटा विधेयक निष्क्रिय

संसद् विघटनले विधायन प्रक्रिया प्रभावित, ३० वटा विधेयक निष्क्रिय
विज्ञापन
Advertisement

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए । उनका अनुसार संविधान जारी भएपछिका वर्षहरूमा हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेका छन । मौजुदा कानुनलाई संविधान र सङ्घीय शासन प्रणाली अनुकूल बनाउन विभिन्न मितिमा केही नेपाल ऐन संशोधन गर्ने ऐनहरूमार्फत व्यापक सुधार गरिएको उहाँले सभामा चर्चा गरे ।

मौलिक हक कार्यान्वयनका लागि संविधान बमोजिम आवश्यक १६ वटा मौलिक हकसम्बन्धी ऐन २०७५ असोज २ मै जारी भइसकेको छ । ती ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भइसकेको मन्त्री सिंन्हाले जानकारी गराए । आवासको अधिकारसम्बन्धी ऐनलगायत अन्य केही ऐन कार्यान्वयनका लागि भने आवश्यक नियमावली अझै सम्बन्धित मन्त्रालयमा मस्यौदा चरणमै रहेको उनको भनाइ छ ।

विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिने क्रममा उनले संसद् विघटनका कारण ३० वटा विधेयक निष्क्रिय भएको बताए । साथै विधायन ऐन, २०८१ जारी भएपछि सङ्घीय संसद्मा पेस गरिने १२१ वटा विधेयकको प्राथमिकता क्रमसहित सूची २०८२ असार ३२ गते पेस गरिएको भए पनि प्रतिनिधिसभा विघटनका कारण धेरै विधेयकको मस्यौदा कार्य अघि बढ्न नसकेको जानकारी दिए ।

विधायन ऐन, २०८१ अनुसार निर्देशिका, कार्यविधि र नियमावली दर्ताका लागि चैत २ गतेसम्मको समयसीमा तोकिएको छ । तोकिएको अवधिभित्र दर्ता नभएमा ती प्रत्यायोजित विधायन पुनर्लेखन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको मन्त्री सिंन्हाको भनाइ छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार सङ्घीय स्तरमा ३५५ वटा ऐन, ३२५ वटा नियमावली, ६६ वटा गठन आदेश, १३४ निर्देशिका, २५० कार्यविधि निर्माण भएको मन्त्री सिन्हाले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit