Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन

प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग आज भएको भेटमा आगामी फागुन २१ गते विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न नेपाल सरकारलाई सवारीसाधनका साथै विविध सामग्री उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

प्रत्युत्तरमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र असल छिमेकीका नाताले सहयोग गर्नु भारतको कर्तव्य भएको बताए ।

साथै निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थायित्व भारतका लागि पनि महत्वपूर्ण हुने उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit