images images images
images images images
images
images
images

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

images

काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रम्नुभएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहेका छन् ।

कोरोना महामारीका बेला खेती  थालेका  बजार बढ्दैछ’ व्यवसायी विष्टले भने , ‘स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।’

images
images

जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाए । ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थालेकाे सुनाए ।

गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गर्नुभएका उनले यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त छन्। उनले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहेका छन् ।

भुइँऐसेलुका बिरुवा पनि उनले बेच्दै आएका छन् । उनले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोपेका छन् ।

हाल उनको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहेका उनले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्