काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएकी हुन् ।
उनको सार्वजनिक गरेको विवरणमा सबैभन्दा धेरै गोष्ठी तथा कार्यकर्ता परिचालनमा खर्च लागेको उल्लेख छ।
उक्त शीर्षकमा झाक्रीले एक लाख २० हजार रुपैयाँ खर्च गरेको बताएकी छन्।
त्यसपछि दोस्रोमा धेरै खर्च सवारीसाधनका लागि ६० हजार भएको उल्लेख छ । साथै, इन्धन र कार्यालय सञ्चालन गर्न समान १५ हजार, प्रतिनिधि परिचालन गर्न १० हजार, मतदाता नामावली खरिद गर्न ३ हजार खर्च भएको उल्लेख छ ।
झाक्रीले प्रचारप्रसार सामग्री तथा अन्य प्रचार प्रसारका लागि समान ५/५ हजार र विविध शीर्षकमा ३ हजार रुपैयाँ खर्च भएको बताएकी छन्। झाक्री गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेबाट लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी थिइन्।


















प्रतिक्रिया दिनुहोस्