Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सात महिनामा नेपाल भित्रियो १४ लाख बढी स्मार्टफोन, चीनको हिस्सा ८५.१३ प्रतिशत

सात महिनामा नेपाल भित्रियो १४ लाख बढी स्मार्टफोन, चीनको हिस्सा ८५.१३ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालमा चीनबाट स्मार्टफोन आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ। देशमा निर्वाचन नजिकिँदै जाँदा स्मार्टफोन आयातमा पनि वृद्धि भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको देखाएको हो । विभागको तथ्यांकअनुसार चालु आवको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ थान स्मार्टफोन आयात भएका छन् ।

यो संख्या उक्त अवधिमा आयात भएका कूल स्मार्टफोनको ८५.१३ प्रतिशत हिस्सा हो। गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कूल आयातको ७७.५० प्रतिशत थियो । गत आर्थिक वर्षको पहिलो सात महिनामा कूल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा कूल आयात १४ लाख १४ हजारभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ लाखले बढी हो ।

चिनियाँ ब्रान्डहरू जस्तै साओमी, भिभो, ओप्पो, अनर र रियलमिका साथै अमेरिकी एप्पल तथा दक्षिण कोरियाली ब्रान्ड सामसुङका केही मोडेलहरू भारतमै एसेम्बल हुने भए पनि भारतबाट नेपालमा हुने आयात घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन आयात भएका थिए। तर चालु आर्थिक वर्षको सोही अवधिमा भारतबाट २ लाख ४ हजार ६५८ ओटा मात्रै स्मार्टफोन भित्रिएका छन्, जुन कूल आयातको १४.४६ प्रतिशत मात्र हो ।

विगतमा भियतनामबाट पनि नेपालमा ठूलो परिमाणमा स्मार्टफोन आयात हुने गरेको थियो । यता भारत सरकारले चालु आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत इलेक्ट्रोनिक उद्योग प्रवद्र्धनका लागि सरकारी बजेट वृद्धि गरेको भए पनि त्यसको प्रभाव नेपाली बजारमा भने हालसम्म स्पष्ट देखिएको छैन। यसरी समग्रमा स्मार्टफोनको कुल आयात बढिरहेको अवस्थामा चीनको बजार हिस्सा नेपालमा झन् सुदृढ बन्दै गएको छ भने भारतबाट हुने आयातको अनुपात घट्दै गएको तथ्यांकले देखाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit