Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते

सेना बोकेको बस दुर्घटना हुँदा २४ घाइते
निर्वाचनमा खटिएका सेना लिएर गएको भोजपुर नगरपालिका वडा नं ३ स्थित सेतीबगर नजिकैे दुर्घटना भएको ना ४ ख ७३१७ नम्बरको बस । बस दुर्घटना हुँदा घाइते भएका २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । तस्बिरः निरोज कोइराला/रासस
विज्ञापन
Advertisement

भोजपुर । यहाँको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ ।

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit