Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट,द्विपक्षीय सहकार्यबारे छलफल

सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेट,द्विपक्षीय सहकार्यबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–साउदी सम्बन्ध, संसदीय सहकार्य तथा श्रम, व्यापार र लगानीका विषयमा छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सभामुखको कार्यकक्षमा भएको भेटमा अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै हालै नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिएका छन्। उनले उक्त समूहमार्फत दुवै देशका संसद्बीच पारस्परिक हितका विषयमा सहकार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, श्रम आप्रवासका क्षेत्रमा साउदी अरबले नेपाली कामदारलाई दिएको प्राथमिकताप्रति आभार पनि व्यक्त गरेका छन्।

राजदूत मनिखले नेपाल र साउदी अरबबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाइने बताएका छन्। आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा ३ लाख ८४ हजार ८६५ नेपाली रोजगारीमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit