Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पले बुधबार इन्धन बिक्री बन्द गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मूल्य घटेसँगै पुरानो मौज्दातको इन्धन बिक्री गर्दा ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै अधिकांश निजी पम्प सञ्चालकले बिक्री स्थगित गरेका हुन्। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएको थियो। पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण निराश हुँदै फर्किन बाध्य भएका छन्।

केही सञ्चालनमा रहेका पम्पमा भने सवारीसाधनको चाप बढेको देखिएको छ। निजी पेट्रोल पम्प सञ्चालकहरूले मूल्य समायोजनअघि खरिद गरिएको मौज्दातमा ठूलो आर्थिक क्षति हुने भएकाले बिक्री रोक्नुपरेको बताएका छन्। उता उपभोक्ताले भने अचानक पम्प बन्द हुँदा अनावश्यक सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit