Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने

मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने
विज्ञापन
Advertisement

महोत्तरी । निर्वाचन सुरक्षा प्रयोजनले नेपाल–भारत सीमा क्षेत्रको आवागमन बन्द गरिँदा मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा प्रयोजनले सीमानाकाको आवागमन यही आउने सोमबार (फागुन १८ गते) मध्यरातदेखि बिहीबार (फागुन २१ गते)सम्म बन्द गरिने भए पनि परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजिकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

परिक्रमामा सहभागी भारतीय यात्रीलाई आउने मङ्गलबार (फागुन १९ गते) मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सीमानाकामा खटिएका सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सीमानाका बन्द गरिने सो अवधिमा यात्रीलाई फर्कन (भारततिर जान) मात्र सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । यसअघि निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाका बन्द गरिएपछि भारतीय यात्री कसरी घर फर्कने भन्ने आम चिन्ता व्यक्त गरिएको थियो ।

‘भारतीय यात्रीलाई घर फर्कन धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर मुख्य नाका हुन्, यी नाका भएर फर्कन सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ’, प्रजिअ यादवले भने, ‘यसका लागि महोत्तरी र धनुषा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यवस्था गरिएको छ ।’

यो १५ दिने परिक्रमाका यात्री अन्तिम दिनको रात्रिबासका लागि सोमबार जनकपुर पुग्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तर्गृह (पञ्चकोसी) परिक्रमा गरेपछि यात्रा सम्पन्न हुनेछ ।

यसरी मङ्गलबार मध्याह्नसम्म परिक्रमा सम्पन्न भएपछि बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाई घर फर्कन सहजीकरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit