Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न
विज्ञापन
Advertisement

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले रु ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको हो । सम्झौतालगत्तै पुसदेखि काम थालेको निर्माण कम्पनीले दुई महिनामै योजना सम्पन्न गरेको वडासदस्य बिर्खबहादुर गर्बुजाले बताए ।

बगरदेखि सुनारीटोल खण्डको अप्ठ्यारो ठाउँमा सडक स्तरोन्नति भएको हो । योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गरिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताए।

निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरेको बताए । यो सडक मार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति थालिएको हो ।

विसं २०६६ मा स्थानीयवासीले करिब रु एक करोड चन्दा स-ङ्कलन गरेर भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर दूरीको सडकको मार्ग खोलेका थिए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतका भरमा जिप, ट्रयाक्टर र मोटरसाइकलमात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकलाई अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो ।

भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ट्रयाक खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो । वडासदस्य गर्बुजाका अनुसार तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै गाउँले, पोखरा, काठमाडौँ र विदेशमा बस्ने दोबावासीले रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।

गत वर्ष रु ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

भिरकाटे–दोवा सडकलाई प्राथमिकताप्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनुका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit