images images images
images images images
images
images
images

एकैदिन ५६ सय रुपैयाँले महँगियो सुन, तोलाको कति ?

images

काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन तोलामा पाँच हजार ६०० रुपैयाँले महँगिएको हो । बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार ४०० मा खरिदबिक्री भएको थियो ।

images
images

यस्तै, आज चाँदीको मोल पनि वृद्धि भएको छ । महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले पाँच हजार ९८५ रुपैयाँ खर्चिनु पर्नेछ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औँस सुन पाँच हजार १८७ अमेरिकी डलरमा कारोबार भएकामा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्