Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

राहदानी खरिद विवाद: जर्मनी दूतावासले भन्यो– विरोधपत्र हस्तान्तरण गरिएको छैन

राहदानी खरिद विवाद: जर्मनी दूतावासले भन्यो– विरोधपत्र हस्तान्तरण गरिएको छैन
विज्ञापन
Advertisement

काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति स्पष्टोक्ति दिँदै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा बोलावट नभई निमन्त्रणा गरिएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा उक्त बैठकका क्रममा कुनै विरोधपत्र वा अन्य कुनै दस्तावेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ। साथै, मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुन सक्ने सम्भावित परिणामबारे कुनै चेतावनीसमेत नदिइएको उल्लेख गरिएको छ।

दूतावासले जर्मनीले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्ने नीति अवलम्बन गरेको जनाएको छ। उक्त सिद्धान्त जर्मनीको संविधानमै सुनिश्चित गरिएको पनि दूतावासको भनाइ छ। विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दाका विषयमा दूतावासले सिद्धान्ततः कुनै टिप्पणी नगर्ने र राहदानी खरिदसम्बन्धी प्रकरणमा पनि कुनै चरणमा टिप्पणी नगरेको स्पष्ट पारिएको छ।

यसअघि राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी सरकारको धारणा र कूटनीतिक प्रक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारपछि दूतावासले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit