म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका गौचनले तीन हजार ३०७ मत ल्याएर जित दर्ता गरेका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उमेदवार इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गरे ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले १५१, उज्यालो नेपाल पार्टीका डा सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले नौ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले तीन मत प्राप्त गरेका छन् ।
मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा हजार २९८ मत अर्थात् (५६ प्रतिशत ४७) प्रतिशत मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएको छ । गौचन यसअघि ०७९ सालमा पनि गौचन मुस्ताङबाटै प्रतिनिधिसभा सदस्य विजयी भएका थिए ।














प्रतिक्रिया दिनुहोस्