images images images
images images images
images
images
images

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२० उम्मेदवार विजयी

images
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी  भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४८ लाख ३२ हजार २६३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २३ लाख ८९ हजार , कांग्रेसले ८ लाख ५ हजार , एमालेले छ लाख ८६७ हजार र नेकपाले तीन लाख २३ हजार ६२, राप्रपाले एक लाख ७५ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख १६ हजार मत प्राप्त गरेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्