Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले अगाडि

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले अगाडि
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौंका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता कायम राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेको छ। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याएका छन्।

यस्तै काठमाडौं–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गरेका छन् भने कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याएका छन्।

काठमाडौं–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाएका छन् । काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता कायम राख्दा उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाएका छन् । काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम राखेका छन् । सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याएका छन् ।

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गरेका छन् । काठमाडौं–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम राखेका छन् । सो क्षेत्रमा कांग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन्। काठमाडौं–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम छ । यहाँ कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत पाएका छन्।

काठमाडौं क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भइसकेकी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit