Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

करिब तीन वर्षभित्रै सुकुम्वासीको समस्या समाधान गर्ने वाचासहित यी हुन् बालेनले गरेका मुख्य चुनावी प्रतिबद्धता

करिब तीन वर्षभित्रै सुकुम्वासीको समस्या समाधान गर्ने वाचासहित यी हुन् बालेनले गरेका मुख्य चुनावी प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा निर्वाचन झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले चुनावी वाचापत्र सार्वजनिक गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज झापा–५का मतदातासामु वाचापत्र सार्वजनिक गरेका हुन् । ‘थिति बसाल्ने संकल्प’ नारासहित सार्वजनिक गरिएको उक्त वाचापत्रमा उनले ९ वटा मुख्य प्रतिबद्धतासहित भूमिहीन र सुकुमबासी समस्या समाधानका लागि ठोस योजनाहरू अघि सार्दै ठूला पूर्वाधार विकासका आयोजनालाई समेत पूरा गर्ने जनाएका छन् । दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरि सञ्चालनमा ल्याउने देखि रतुवा खोला, मावा खोला, तथा सहायक खोला, खहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गर्ने, ग्रामीण सडक, लिङ्क रोड र पुल स्तरोन्नति गरी यातायात समय र ढुवानी लागत घटाउँदै समग्र कनेक्टिभिटी सुदृढ गर्ने गरी पूर्वाधार योजना अघि सारेका छन् ।

यस्तै, बालेनको वाचापत्रमा झापा ५ मा रहेको सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्यालाई विशेष प्राथमिकता दिइएको छ । उनले झापा ५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग बनाउने बताएका छन् । एक हजार दिनभित्र समस्या समाधान गर्ने नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिने उनको वाचापत्रमा उल्लेख छ।

यस्तै, बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न र चक्लाबन्दी प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गर्ने तथा ऐलानी एवं नक्सांकन नभएका जग्गाहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने उनको योजना छ । यस्तै, पर्यटन तथा उद्योग क्षेत्रमा गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइने र सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने उनले वाचा गरेका छन् ।

यी हुन् बालेका प्रतिबद्धताहरु : 

–राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२ – थिति बसाल्ने सङ्कल्प” कार्यान्वयन को नेतृत्व गर्नेछु ।

– नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पु–याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु ।

– राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन ।

– सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।

–विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।

झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।

– राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु

– मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्नेछु ।

– मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ ।

‘स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा निम्न कार्यहरु पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ बालेनले प्रतिबद्धता जनाएका छन् ।

म संघीय सांसदको हैसियतले: 

– बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिनेछु ।

–राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरु सशक्त रुपमा उठाउनेछु ।

–सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्नेछु ।

–स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्नेछु ।

–नेपाल सरकार र जेन – जी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्छु ।

–स्थानीय तथा प्रदेश सरकारका योजनाहरु संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्नेछु ।

पूर्वाधार विकास

–विभिन्न कारणले अधुरा रहेका योजनाहरुलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ ।

–दमक– रवि चिसापानी सडक यथाशीघ्र सम्पन्न गरि संचालनमा ल्याइनेछ ।

– “हाम्रो रंगशाला, हाम्रै पहिचान” को भावना अनुरूप आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने “आदिवासी जनजाति रंगशाला” निर्माण गरिनेछ ।

– विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइनेछ ।

– दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरि सञ्चालनमा ल्याइनेछ ।

–रतुवा खोला, मावा खोला, तथा सहायक खोला, खहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गरिनेछ ।

– ग्रामीण सडक, लिङ्क रोड र पुल स्तरोन्नति गरी यातायात समय र ढुवानी लागत घटाउँदै समग्र कनेक्टिभिटी सुदृढ गरिनेछ ।

–ग्रामिण तथा सिमावर्ती क्षेत्रमा भरपर्दो एवं नियमित मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिनेछ ।

– दमकलाई पूर्वी नेपालको “आइ। टी। हव” को रुपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ ।

कृषि तथा रोजगारी

–कन्काई – रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ ।

– प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिनेछ ।

–कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि “गौरादह कृषि भण्डारण केन्द्र” को स्थापना गरिनेछ

– किसानलाई उत्पादनमा आधारित मल, बीउ र विद्युतमा अनुदान प्रणाली लागू गरिनेछ ।

– गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रुपमा विकास गरिनेछ ।

– कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी प्रणाली लागू गरिनेछ ।

– विश्वसनीय बीमा प्रणाली, पर्याप्त सिंचाई तथा प्रविधिमा आधारित उत्पादन प्रणाली मार्फत युवाहरुलाई कृषि पेशामा आकर्षित गरिनेछ ।

– स्थानीय उत्पादनको पहिचान, गुणस्तर र बजारीकरण सुदृढ गर्न ब्रान्डिङ तथा बजार विस्तारका कार्यक्रम कार्यान्वयन गरिनेछ ।

– सरकारी भेटनरी सेवा तथा पशु बीमा कार्यक्रमलाई थप व्यवस्थित गरी व्यवसायिक पशुपालनको प्रबद्र्धन गरिनेछ ।

भूमि व्यवस्थापन

–झापा ५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रा।स्व। पा। सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान” नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ ।

– बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवद्र्धनका लागि ’ल्याण्ड बैंक“ को व्यवस्था गरिनेछ ।

– ऐलानी जग्गा सम्बन्धि उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरुको नापी नक्सा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिनेछ ।

पर्यटन तथा उद्योग

–गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ ।

सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गरिनेछ ।

– हाटबजारको मौलिकता बचाउदै समय सापेक्ष रुपमा व्यवस्थित गरिनेछ ।

– वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

–धार्मिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ ।

– दमकलाई पर्यटक ट्रान्जिट हवको रुपमा विकास गरिनेछ ।

– स्थानीय आदिवासी जनजाती संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ ।

सुशासन

–जनताको आवश्यकतामा आधारित नीति, कार्यक्रम र बजेट तर्जुमा प्रणाली लागू गरिनेछ ।

– अनलाइन गुनासो दर्ता प्रणाली लागू गरिनेछ ।

– सार्वजनिक कार्यहरुको प्रगति देखिने डिजिटल ड्यासबोर्ड सञ्चालन गरिनेछ ।

– भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ ।

– विभिन्न आन्दोलनका सहिद तथा घाइते परिवारलाई सम्मानजनक जिवनयापनका लागि रोजगारीको व्यवस्था मिलाइनेछ ।

– चिया बगान मजदूरसहित सबै श्रमिकको न्यूनतम अधिकार सुनिश्चित गर्ने श्रम ऐन समयानुकूल परिमार्जन गरी सशक्त रुपमा कार्यान्वयन गरिनेछ ।

यसैबीच महिला तथा बालबालिका तर्फ आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रकृयालाई सरलिकृत गरिने, कृषिमा महिलालाई प्रोत्साहन गर्न र महिला कृषि कर्जा कार्यक्रम’मार्फत सहुलियत दरमा वित्तीय पहुँच सुनिश्चित गरिने, सीपमूलक तालिममार्फत अपाङ्गता भएका व्यक्ति र एकल महिला लक्षित रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

स्वास्थ्यतर्फ पनि उनले विशेष गरी गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने उल्लेख गरेका छन् । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्टाई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था सशक्त रुपमा कार्यन्वयन गरिने, दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना बालेनले अघि सारेका छन्।

फरक क्षमता भएका र ज्येष्ठ नागरिक लक्षित ‘घर घर स्वास्थ्य सेवा कार्यक्रम’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा सञ्चालनको नितिगत व्यवस्था गर्ने देखि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेव को सुनिश्चितताका लागि नितिगत सुधार गरिने उनको वाचा छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit