Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

रामेछापमा ढिलो गरी सुरु भयो मतगणना

रामेछापमा ढिलो गरी सुरु भयो मतगणना
विज्ञापन
Advertisement

रामेछाप । प्रतिनिधि सभा निर्वाचनको मतगणना रामेछापमा ढिलोगरी सुरु भएको छ। यहाँ बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मतपेटिका सङ्कलन भए पछि बिहान १० बजे सर्वदलीय बैठक राखिएको थियो । बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा बनाइएको मतगणनास्थल साँघुरो भएको भन्दै राजनीतिक दलका प्रतिनिधिले खुल्ला ठाउँमा मतगणनास्थल बनाउन सुझाव दिएका थिए । त्यसपछि सोही कार्यालयको तल्लो तलामा मतगणनास्थल बनाइएको छ । मतगणनास्थल नयाँ बनाउन समय लागेको कारण मतगणना सुरु हुन ढिलो भएको हो ।

नयाँ मतगणनास्थल बनाएसँगै दिउँसो ३ बजेबाट मतगणना सुरु भएको छ । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा ९० हजार ७ सय १० मत खसेको छ । जिल्लामा कुल १ लाख ७८ हजार ९ सय ५५ मतदाता रहेका छन् ।

सुनापति गाउँपालिका–४ बेथानको वडा कार्यालय बुथबाट मतगणना सुरु गरिएको छ। सो बुथमा १४५१ मत खसेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit