Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपा कार्यकर्ताले पार्टीको झन्डा जलाएको घटनाप्रति एमालेले भन्यो– यो आस्था र भावनामाथिको प्रहार हो

रास्वपा कार्यकर्ताले पार्टीको झन्डा जलाएको घटनाप्रति एमालेले भन्यो– यो आस्था र भावनामाथिको प्रहार हो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन् ।

सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ को रुपमा अर्थ्याएको छ । एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो ।’

उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit