images
images
images

दिगो विकासका लागि स्थायीत्व आवश्यक : उद्योग मन्त्री भण्डारी

images
images

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको बताए । मंगलबार गृह जिल्ला बैतडी पुगेका मन्त्री भण्डारीले पाटन नगरपालिका–०२ सिलङ्गा स्थित सिद्धनाथ माविको वार्षिकोत्सव समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिने कारणले विकासमा पनि बाधा पुगेको बताए ।

“स्थायीत्व भए मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,” मन्त्री भण्डारीले भने । “राजनितिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटीहरु छन् यसलाई सच्याउनु पर्नेछ, त्यसमा सरकार लागेको छ ।” उनले आफु पनि १ बर्षकै अवधी भित्र ३ पटक मन्त्री बनेको बताए ।

images
images

बैतडीबाट प्रतिनिधित्व गरेर उद्योग मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीको दावी छ । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गरिरहेको बताउँदै उनले आधारभूत विकासका संरचना, विकासका आयोजना, गुणस्तरीय शिक्षा प्रदान लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताए । उनले बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पूल निर्माणका लागि भारत सरकार संग निरन्तर छलफलमा रहेको बताए ।

बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत उनको दाबी छ । जिल्लाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । नेपाली कांग्रेस र नेकपा( एमाले)को गठबन्धनबाट बनेको सरकार पूर्व सहमती अनुसार नै अघि बढेको बताउँदै उनले डेढ वर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए ।

वर्तमान सरकारले विकासका बाधक रहेका ऐन, कानुनहरुलाई संसोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताए । सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २को भौतिक विकासका लागि आफ्नो पहल रहीरहने बताए । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढीरहेको समेत बताए । यसैगरी कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य जानकी ऐर बमले शैक्षिक विकासको लागि आफ्नो सक्दो पहल रहने बताए । ‘शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्या छन्, भौतिक पुर्वाधार, शिक्षक दरबन्दीका विषयमा आफ्नो पहल रहनेछ,’ सदस्य बमले भने ।

वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेकपा एमाले पाटन नगरकमिटि उपसचिव महेश प्रशाद पन्तले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रममा सहभागि मन्त्रीद्वय भण्डारी र पालको हातबाट सो शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्