Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।

‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल। पि। ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि.एल.पि. ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल। पि। ग्यास खरिद गर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ ।

यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको बताइएको छ ।

नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्त गर्न समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निगमले नियमित रुपमा माग अनुरूप नै एल. पि.ग्यासको आयात तथा वितरण गरीरहेको भए तापनि विगत दुईरतीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको विषय सर्वविदित नै छ । यसै बीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एल।पि। ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ ।’

निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit