Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई अटो प्रदान

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई अटो प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको जनकपुरमा रहेको मानवसेवा आश्रमलाई एक थान अटो हस्तान्तरण गरेको छ। सडक आश्रित बेसहारा मानवहरूको उद्धार र आश्रमको दैनिक कार्य सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले शुक्रबार उक्त सहयोग गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले आश्रमका प्रमुख संस्थापक एवं अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा आश्रमका अभिभावक पवन सिंघानियाले सवारी साधनको अभावमा आश्रमका दैनिक काम र लक्षित वर्गलाई सेवा दिन कठिनाइ भइरहेको उल्लेख गर्दै प्राप्त नयाँ अटोले आश्रमको कार्यसम्पादनमा राहत पुग्ने बताए ।

बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको व्यवस्थापनमा मानवसेवा आश्रमले गरिरहेको कार्य सराहनीय रहेको उल्लेख गर्दै भने, ‘मानवजातिको सेवा र हितसँग जोडिएका काममा नबिल बैंक सधैं साथमा छ। यो सहयोग हाम्रो समाजप्रतिको उत्तरदायित्व हो र भविष्यमा पनि यस्ता पवित्र कार्यमा साझेदारी गर्न हामी तयार छौं।’

आश्रमका अध्यक्ष रामजी अधिकारीले नबिल बैंकप्रति आभार प्रकट गरे । ‘सडक आश्रित मानवको उद्धार र दैनिक सेवामा समस्या भइरहेको अवस्थामा यो वाहनले सेवालाई शीघ्र र सहज बनाउन मद्दत गर्नेछ’ अधिकारीले भने । नबिल बैंकले यसअघि पनि आश्रमलाई दुईवटा सवारी उपलब्ध गराइसकेको उल्लेख गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit