Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वीरगञ्जको हरिखेतान क्याम्पसमा उत्पन्न तनावले ४ हजार विद्यार्थीको भविष्य अन्योलमा (तस्बिरहरु)

वीरगञ्जको हरिखेतान क्याम्पसमा उत्पन्न तनावले ४ हजार विद्यार्थीको भविष्य अन्योलमा (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसमा विवादले आन्दोलनको रुप लिएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्षका कारण सोमबारदेखि हुने भनिएको कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएपछि आइतबार क्याम्पस परिसर बाहिर ठूलो संख्यामा उपस्थित विद्यार्थीहरुले टायर बालेर विरोध जनाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

विवादको चुरो
क्याम्पसका प्राध्यापक संघले विभिन्न १६ बुँदे माग राख्दै गत फागुन ३ गते नै व्यवस्थापन समितिलाई पत्र बुझाएको थियो। प्राध्यापक दिलीप कुमारका अनुसार फागुन ७ गतेसम्मको अल्टिमेटम दिँदा पनि माग पूरा गर्न प्रशासनले कुनै चासो नदेखाएपछि उनीहरू अनिश्चितकालीन हडतालमा उत्रिएका हुन्। यही प्रशासनिक खिचातानीका कारण परीक्षाको सूचना कुरेर बसेका करिब ४ हजार विद्यार्थीहरूको भविष्य अहिले अन्धकारतर्फ धकेलिएको छ।

विद्यार्थीको आन्दोलन र घण्टाघरमा प्रदर्शन
परीक्षा स्थगितको सूचना टाँसिएलगत्तै आक्रोशित बनेका विद्यार्थीहरूले क्याम्पस परिसरमा नाराबाजी सुरु गरेका थिए। ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन’ भन्दै क्याम्पसबाट निस्किएको विरोध र्‍याली वीरगञ्जको मुटु मानिने घण्टाघर चोक पुगेर चक्काजाममा परिणत भएको थियो।

सडक अवरुद्ध : घण्टाघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएका कारण मुख्य सडक दुवैतर्फी रूपमा अवरुद्ध बनेको छ।

प्रहरी परिचालन:  स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीमाथि लाठीचार्जको आरोप
विद्यार्थीहरूले कलेज प्रशासन र प्रहरीको कडा आलोचना गरेका छन्। क्याम्पस ड्रेसमै रहेका विद्यार्थीहरूमाथि प्रहरीले क्याम्पसभित्रै प्रवेश गरेर लाठीचार्ज गरेको उनीहरूको आरोप छ। विद्यार्थीहरूले डीएसपी, क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका पदाधिकारीमाथि कारबाहीको माग राखेका छन्। यता जिल्ला प्रहरी कार्यालय पर्साले भने तोडफोड हुन लागेपछि स्थिति नियन्त्रणमा लिन ‘सामान्य बल’ प्रयोग गरिएको दाबी गरेको छ।

बारा र पर्साका दुर्गम क्षेत्रबाट आएर अध्ययन गर्ने विद्यार्थीहरू परिक्षा रोकिँदा सबैभन्दा बढी मारमा परेका छन्। यदि समयमै समस्या समाधान नभए विद्यार्थीहरूको पूरा शैक्षिक सत्र बर्बाद हुने जोखिम बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit