Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एन आई सी एशिया क्यापिटलद्वारा विद्यार्थीलाई पुँजी बजार साक्षरता कार्यक्रम

एन आई सी एशिया क्यापिटलद्वारा विद्यार्थीलाई पुँजी बजार साक्षरता कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं। एन आई सी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसर पारेर सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा पुँजी बजार तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।

क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले यस वर्षको नारामा आधारित रहेर विद्यार्थी जीवनमा बचतको महत्त्व र लगानीका अवसरहरूबारे जानकारी गराएका थिए ।

सहभागीहरूलाई बैंक तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आइपीओ), धितोपत्रको दोस्रो बजार, सामूहिक लगानी कोष र एस आई पी जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण र शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने जोखिम तथा सावधानीका बारेमा समेत छलफल गरिएको उल्लेख छ।
उक्त कार्यक्रममा २२० जनाभन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit