Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 अञ्जन श्रेष्ठ समूहले गर्यो प्यानल घोषणा, कसले कुन पदमा दिए उम्मेदवारी ? 

 अञ्जन श्रेष्ठ समूहले गर्यो प्यानल घोषणा, कसले कुन पदमा दिए उम्मेदवारी ? 
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिम सोमबार राजधानीको लाजिम्पाटस्थित एक होटलमा घोषणा गरिएको हो । ६० औं साधारणसभा पछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन्। उनको प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् । यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै टिम घोषणा गरिसकेका छन्।

महासंघको निर्वाचन यहि चैत्र २९ र ३० गते हुँदैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit