Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महासंघ निर्वाचन : आर्थिक सुधारको प्रतिबद्धतासहित प्रबलजंग पाण्डेले गरे उम्मेदवारी घोषणा

महासंघ निर्वाचन : आर्थिक सुधारको प्रतिबद्धतासहित प्रबलजंग पाण्डेले गरे उम्मेदवारी घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारणसभाको सरगर्मी बढेसँगै नेतृत्वका आकांक्षीहरूले आफ्नो एजेन्डा सार्वजनिक गर्न थालेका छन्। यसै क्रममा सोमबार उद्यमी प्रबलजंग पाण्डेले अञ्जन श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै निजी क्षेत्रको खस्किएको मनोबल उकास्न योगदान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पाण्डेको उम्मेदवारीलाई संघर्षबाट खारिएको नेतृत्वको दाबी सहित केवल पद प्राप्तिका लागि मात्र नभई, नीतिगत भ्रष्टाचार र राज्यको संकुचित दृष्टिकोणका विरुद्ध काम गर्न आएको बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा आफूलाई एसी कोठामा बसेर नीति बनाउने भन्दा पनि ४२ डिग्रीको गर्मीमा उद्योगको भुइँमा काम गरेको नेताका रूपमा प्रस्तुत गरेका छन्। ‘म त्यो उद्योगी हुँ जसले १२ वर्षको जनयुद्ध, तराई आन्दोलन र मधेस अधिकारको आन्दोलनलाई प्रत्यक्ष झेलेको छ। राज्यको गलत नीति र नीतिगत भ्रष्टाचारका कारण ८ वटासम्म मुद्दा खेप्नुपर्दाको पीडा मलाई थाहा छ।’
आर्थिक सुधारका १२ बुँदे एजेन्डा

पाण्डेले सार्वजनिक गरेको १२ बुँदे मार्गचित्रले नेपालको विद्यमान प्रशासनिक र वित्तीय झन्झटलाई कम गरी भ्रष्टाचार न्यूनीकरणमा योगदान गर्ने उल्लेख छ । उनले नीतिगत स्थायित्व, सरलीकृत कर प्रणाली, लगानीमैत्री बैंकिङ नीति, फेसलेस अडिट, ढुवानीमा नियन्त्रण, ऊर्जामा सहुलियत, आयकर कटौती र भ्याट सुधारलगायतका विभिन्न एजेण्डा अघि सारेका छन् ।

कर प्रणालीमा आमूल परिवर्तन: उनको ‘फेसलेस अडिट’र भ्याटको सीमा १० प्रतिशतमा झार्ने प्रस्तावले कर प्रशासनमा हुने मानवीय हस्तक्षेप र भ्रष्टाचार न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

लागत न्यूनीकरण : ढुवानी भाडा नियन्त्रण र बेलुकाको समयमा सस्तो बिजुली (ऊर्जा सहुलियत) को मागले उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने देखिन्छ।

नीतिगत सुनिश्चितता: उनले बनाएको ‘क्रेडिट रिकभरी एक्ट’ र ‘भूतप्रभावी कर’को अन्त्यको एजेण्डाले लगानीकर्तामा रहेको असुरक्षाको भावनालाई सम्बोधन गर्न खोजेको देखिन्छ।

श्रम र रोजगार: वार्षिक १२ लाख रोजगारी सिर्जना गर्ने र न्यूनतम पारिश्रमिकलाई मुद्रास्फीतिका आधारमा सरकारले नै तय गर्नुपर्ने प्रस्तावले श्रम सम्बन्धलाई व्यवस्थित बनाउने देखिन्छ।

दोस्रो चरणको सुधार र युवा पलायनको चिन्ता
पाण्डेको विश्लेषणमा अब पुरानो ढर्राको नीतिले अर्थतन्त्र नचल्ने ठहर छ । उनका अनुसार अब कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई केन्द्रमा राखेर ‘दोस्रो चरणको आर्थिक सुधार’ को आवश्यकता छ । नेपाली युवाहरू विदेश पलायन भइरहेको वर्तमान अवस्थामा वस्तु र सेवा निर्यात गर्ने वातावरण बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको प्रतिबद्धता चुनौतीपूर्ण तर अनिवार्य देखिन्छ।

अञ्जन श्रेष्ठको टिमबाट चुनावी मैदानमा उत्रिएका पाण्डेले आफ्नो प्यानलमा समावेशी र अनुभवी सदस्यहरू रहेको दाबी गरेका छन्। ‘हाम्रो टिमका हरेक सदस्य भोलि महासंघको नेतृत्व लिन सक्षम हुनुहुन्छ ।’

महासंघको निर्वाचन चैत २९ र ३० गते हुने तय छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit