Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटोमोवाइल क्षेत्रको विकासमा सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

अटोमोवाइल क्षेत्रको विकासमा सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रवहादुर बानियासँग छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री बानियाले नाडाको नयाँ कार्य समितिलाई बधाई दिँदै अटोमोवाइल क्षेत्र र प्रदेश सरकारबीचको सहकार्यमा जोड दिए ।

छलफलका क्रममा मुख्यमन्त्री बानियाले नेपालका ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै दर्ता हुने गरेको तथ्यलाई औँल्याउँदै राजधानीको ट्राफिक जाम र पार्किङ समस्या समाधान गर्न नाडासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बए । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवश्यक ट्रायल सेन्टर सञ्चालनमा पनि निजी क्षेत्रको साथ खोजेको धारणा राखे । सो अवसरमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको र यस क्षेत्रलाई वार्षिक ५,००० दक्ष जनशक्ति आवश्यक पर्ने जानकारी दिए । नाडाले प्रदेश सरकारसँग कुन–कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्नेबारे छिट्टै कार्ययोजना (मोडालिटी) पेश गर्ने प्रतिबद्धता जनाएको छ।

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले देशबाट हुने प्रतिभा पलायन रोक्न नाडाले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिए । यस्तै, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेकाले परिष्कृत पाठ्यक्रम र दक्ष प्रशिक्षकहरूको अभाव पूरा गर्न सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

भेटघाटमा नाडाका संस्थागत उपाध्यक्षहरू भद्र भण्डारी र गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठकका साथै कार्यसमिति सदस्यहरू दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरीको समेत उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit