पोखरा । नेपालका लागि बीवाईडी को आधिकारिक वितरक साइमेक्स इंक ले ‘वाडा अटो शो २०२६’ मा सहभागिता जनाउँदै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
पोखराको तालबाराही चौर मा चैत ११–१५ सम्म सञ्चालन हुने अटो शोमा कम्पनीको स्टल ए–१२ मा बीवाईडीका विभिन्न इलेक्ट्रिक सवारी साधन अवलोकन गर्न सकिनेछ ।
कम्पनीले नेपाली बजारमा उपलब्ध आफ्ना प्रमुख मोडलहरू प्रदर्शनमा राखेको छ । जसमा कम्प्याक्ट इन्ट्री–लेभल एसयूभी बीवाईडी एट्टो १, भर्सटाइल इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो २ र प्रिमियम सेग्मेन्टको लोकप्रिय मोडल बीवाईडी एट्टो ३ समावेश छन् । बीवाईडी एट्टो १ सहर केन्द्रित प्रयोगका लागि उपयुक्त कम्प्याक्ट एसयूभी हो भने एट्टो २ दैनिक प्रयोगका लागि डिजाइन गरिएको आरामदायी र प्रविधिमैत्री विकल्पका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, एट्टो ३ लाई सहरी तथा लामो दूरी दुवै यात्राका लागि उपयुक्त प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा चिनिन्छ ।

अटो शो अवधिभर बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने जनाएको छ । प्रत्येक गाडी बुकिङमा ग्राहकहरूले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा कम्प्लिमेन्ट्री होम चार्जर जस्ता सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार बीवाईडीका सबै सवारी साधनमा एड्भान्स्ड ब्लेड ब्याट्री प्रविधि र ई–प्लेटफर्म ३।० प्रयोग गरिएको छ, जसले सुरक्षा, कार्यक्षमता र ऊर्जा दक्षता बढाउन सहयोग गर्छ ।
यस अवसरमा साइमेक्स इंकका प्रतिनिधिले काठमाडौं बाहिरका ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने तथा नेपालमा इलेक्ट्रिक मोबिलिटीको विस्तारलाई गति दिने लक्ष्यका साथ अटो शोमा सहभागिता जनाएको बताए । उनले विशेष अफरमार्फत विद्युतीय सवारी साधनको स्वामित्वलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्य रहेको उल्लेख गरे ।
अटो शोका अवलोकनकर्ताहरूले गाडीहरूको प्रत्यक्ष अवलोकन, विशेषज्ञसँग अन्तरक्रिया तथा कार्यक्रम अवधिमा मात्र उपलब्ध अफरको लाभ लिन सक्नेछन् ।पोखरा । नेपालका लागि बीवाईडी ९द्यथ्म्० को आधिकारिक वितरक साइमेक्स इंक ले ‘वाडा अटो शो २०२६’ मा सहभागिता जनाउँदै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
पोखराको तालबाराही चौर मा मार्च २५ देखि २९ ९चैत ११–१५० सम्म सञ्चालन हुने अटो शोमा कम्पनीको स्टल ए–१२ मा बीवाईडीका विभिन्न इलेक्ट्रिक सवारी साधन अवलोकन गर्न सकिनेछ ।
कम्पनीले नेपाली बजारमा उपलब्ध आफ्ना प्रमुख मोडलहरू प्रदर्शनमा राखेको छ । जसमा कम्प्याक्ट इन्ट्री–लेभल एसयूभी बीवाईडी एट्टो १, भर्सटाइल इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो २ र प्रिमियम सेग्मेन्टको लोकप्रिय मोडल बीवाईडी एट्टो ३ समावेश छन् । बीवाईडी एट्टो १ सहर केन्द्रित प्रयोगका लागि उपयुक्त कम्प्याक्ट एसयूभी हो भने एट्टो २ दैनिक प्रयोगका लागि डिजाइन गरिएको आरामदायी र प्रविधिमैत्री विकल्पका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, एट्टो ३ लाई सहरी तथा लामो दूरी दुवै यात्राका लागि उपयुक्त प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा चिनिन्छ ।
अटो शो अवधिभर बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने जनाएको छ । प्रत्येक गाडी बुकिङमा ग्राहकहरूले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा कम्प्लिमेन्ट्री होम चार्जर जस्ता सुविधा प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार बीवाईडीका सबै सवारी साधनमा एड्भान्स्ड ब्लेड ब्याट्री प्रविधि र ई–प्लेटफर्म ३।० प्रयोग गरिएको छ, जसले सुरक्षा, कार्यक्षमता र ऊर्जा दक्षता बढाउन सहयोग गर्छ ।
यस अवसरमा साइमेक्स इंकका प्रतिनिधिले काठमाडौं बाहिरका ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने तथा नेपालमा इलेक्ट्रिक मोबिलिटीको विस्तारलाई गति दिने लक्ष्यका साथ अटो शोमा सहभागिता जनाएको बताए । उनले विशेष अफरमार्फत विद्युतीय सवारी साधनको स्वामित्वलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्य रहेको उल्लेख गरे ।
अटो शोका अवलोकनकर्ताहरूले गाडीहरूको प्रत्यक्ष अवलोकन, विशेषज्ञसँग अन्तरक्रिया तथा कार्यक्रम अवधिमा मात्र उपलब्ध अफरको लाभ लिन सक्नेछन् ।

कर्पोरेट समाचार 

प्रतिक्रिया दिनुहोस्