Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, ‘जितेपछि हराउने’ प्रवृत्तिको अन्त्य गर्ने दाबी

सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, ‘जितेपछि हराउने’ प्रवृत्तिको अन्त्य गर्ने दाबी
विज्ञापन
Advertisement

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछिसांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।

उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले जनतासँग प्रत्यक्ष एवम नियमितरुपमा जोडिन, सम्पर्क सम्बन्ध बढाउन र कुराकानी गर्नको लागि ग्वार्को चोकमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेको छौं ।’उनको अुनसार आफ्नो क्षेत्रका मतदाताको लागि छुट्टै विशेष समय छुट्याइएको छ । हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म ललितपुर क्षेत्र नं२का जनताले मात्र भेट्न पाउने छन् । त्यो बाहेकको समयमा भने अरुले पनि भेट गर्न सक्नेछन् ।

‘हरेक शनिबार ७ बजेदेखि १० बजेको समयमा ललितपुर २को जनताको लागि मात्र भनेर छुट्याएको छौं । अब जनताको समस्या ,धारणा र सुझाव प्रत्यक्ष रुपमा लिने छौं । अब सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ पनि ।’उनले अत्यधिक मतले आफूलाई विजयी गराउने मतदाताहरुलाई धन्यवाद समेत दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit