Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

फ्रान्सका राजदूतसँग उपराष्ट्रपति यादवको शिष्टाचार भेट

फ्रान्सका राजदूतसँग उपराष्ट्रपति यादवको शिष्टाचार भेट
विज्ञापन
Advertisement

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले बिहीबार शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–फ्रान्स सम्बन्धका विभिन्न आयाम तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए।

उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्य स्वतन्त्रता, समानता र भ्रातृत्वले नेपालको राजनीतिक आन्दोलनलाई समेत प्रेरणा दिएको उल्लेख गरे। साथै, युरोपेली सङ्घमार्फत फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ तथा फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरे।

भेटका क्रममा राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर प्रयास गरिएको बताइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit