Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सुशासनमाथि सांसद हमालको प्रश्नः ‘हाइवे एक्सप्रेसमा सरकार, चालक को ?’

सुशासनमाथि सांसद हमालको प्रश्नः ‘हाइवे एक्सप्रेसमा सरकार, चालक को ?’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले वर्तमान सरकार विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न उठाउँदै ‘हाइवे एक्सप्रेसमा गुडिरहेको सरकारको गाडी कतै अटो ड्राइभमा त छैन ?’ भन्दै कटाक्ष गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद हमालले सरकारले तीव्र गतिमा काम गरिरहेको दाबी गरे पनि विधि–विधान र संस्थागत प्रक्रियालाई बेवास्ता गरेको आरोप लगाएका हुन् । उनले सरकार प्रमुख चालकको सिटमा भए पनि निर्णय गर्ने ‘सफ्टवेयर’ वा ‘अल्गोरिदम’ कसैले सञ्चालन गरिरहेको त छैन भन्ने आशंका व्यक्त गरेका छन्।

उनले डिजिटलाइजेसन र अल्गोरिदमको चर्चा भइरहेका बेला सरकारको निर्णय प्रक्रिया स्वतन्त्र र पारदर्शी हुनुपर्नेमा जोड दिँदै अहिलेको कार्यशैलीले गम्भीर प्रश्न उठाएको बताए। सांसद हमालले वर्तमान सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा प्रतिशोधपूर्ण शैली अपनाएको आरोप लगाए। ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ नीति सरकारले अपनाएको जस्तो देखिएको उल्लेख गर्दै उनले सुशासन सत्ता पक्षबाटै सुरु हुनुपर्ने र सरकार प्रमुखदेखि सबै सार्वजनिक पदाधिकारी पारदर्शी तथा जवाफदेही हुनुपर्ने धारणा राखे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit