Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सरकार उम्लिएको दूधजस्तो, अन्तर्राष्ट्रिय फुटबल हेरेर रमाउनु बाहेक नेपालमा खुसी हुने ठाउँ छैन : ओली

सरकार उम्लिएको दूधजस्तो, अन्तर्राष्ट्रिय फुटबल हेरेर रमाउनु बाहेक नेपालमा खुसी हुने ठाउँ छैन : ओली
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारको अवस्था ‘उम्लिएको दूध’ जस्तै भएको टिप्पणी गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको कामकारबाही अपरिपक्व, अस्थिर र जनअपेक्षाअनुसार हुन नसकेको बताएका हुन्।

सरकारको १०० दिनको कार्यबारे पत्रकारहरूले निरन्तर प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले सरकारको मूल्यांकन जनताले नै गरिरहेको बताए। सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोइरहेका तथा विस्थापित नागरिकहरुको राम्रो व्यवस्थापन नगरिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति आलोचना गरे।

ओलीले वर्तमान अवस्थामा नागरिकले खुसी हुने वातावरणसमेत नपाएको दाबी गर्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर केही समय मनोरञ्जन लिनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे। उनले भने, ‘नेपालमा अहिले खुसी हुनका लागि अन्तर्राष्ट्रिय फुटबल खेलहरू चलिरहेका छन्, राति अबेरसम्म त्यो हेरेर केहीबेर रमाउनुपर्छ, नत्र खुसी हुने ठाउँ कतै छैन।’

सरकारको अवस्थालाई उदाहरण दिँदै ओलीले उम्लिएको दूधसँग तुलना गरे। उनका अनुसार थोरै दूधलाई ठूलो भाँडामा तताउँदा दूध उम्लिएर भाँडा भरिएजस्तो देखिए पनि त्यो वास्तविक रूपमा भरिएको अवस्था नभई अस्थायी र असन्तुलित अवस्था हो।‘यो सरकार कहाँ ठेगानमा छ ? यसको खुट्टा कहाँ भुइँमा छन् ? दूध भाँडाको पिँधमा छैन, उम्लिएर माथिसम्म पुगेको छ। थोरै भए पनि उम्लिएको छ,’ ओलीले भने ।

ओलीले सरकारका १०० दिनका उपलब्धिहरू पनि यस्तै ‘उम्लिएको’ अवस्थाजस्तो देखिएको दाबी गरे। त्यसैगरी, एमाले समाप्त भएको भन्ने टिप्पणीप्रति आपत्ति जनाउँदै उनले एमाले देश निर्माण, विकास र सफलताका लागि स्थापित भएको पार्टी भएको बताए।‘एमाले सकियो भन्नेहरू धेरै छन्, तर एमाले सकिन जन्मिएको पार्टी होइन। यो त बढ्न, सफल हुन र देश बनाउन जन्मिएको पार्टी हो,’ उनले भने।

यस्तै, उनले कठिन परिस्थितिमा समेत एमाले अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै पार्टी नआत्तिने र नमात्तिने धारणा राखे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit