Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आज आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी सुनिता नेमाफुकीले महिलाहरुको उपस्थिति संघहरुमा वृद्धि गर्नको लागि उम्मेदवारी दिएको बताइन् ।

उम्मेदवारी घोषणा गर्दै नेमाफुकीले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

उनले अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सीईओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागी भइरहेको बताइन् ।

उनले भनिन्, ‘नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सिइओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागि भइरहेको छ । यो उपस्थितिलाई संघहरुमा पनि वृद्धि गर्नको लागि पनि मेरो उम्मेदवारी हो ।’

उनले यस बढ्दो सहभागितालाई संस्थागत रूपमा अझ मजबुत बनाउन आवश्यक रहेको जनाउँदै महासंघजस्ता छाता संगठनहरूमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् ।

त्यस्तै, वस्तुगततर्फ उपाध्यक्षका उम्मेद्वार शिवप्रसाद घिमिरेले महिलाहरुका सन्दर्भमा आफूहरुसँग स्पष्ट एजेन्डा रहेको बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit