Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको सुझाव

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको सुझाव
विज्ञापन
Advertisement

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिए।

विज्ञापन
Advertisement
Advertisement

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आज काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले  नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरु (एएमइज) को योगदान ठूलो रहेपनि ती उद्योगहरु प्रवर्द्धन हुन नसकेको बताए।

“नेपालको अर्थतन्त्रमा एएमइजको योगदान ठूलो छ । तर योगदान अनुरुप प्रोत्साहन छैन । यसले गर्दा उत्पादन, उत्पाकत्व र रोजगारीमा समेत असर पारेको छ । ती उद्योगहरुको प्रर्वद्धनका लागि सहज ऋण प्राप्ति, लिएको ऋणको पुनः नविरकण वा पुर्नतालिकिकरण आवश्यकछ । नयाँ बजेटले यी विषयहरु सम्बोधन हुने छन् भन्ने हाम्रो अपेक्षा छ । ” श्रेष्ठले भने।

साथै उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।

देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भएपनि तदनुरुप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उहाँले भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक कनेक्टिभिटी गराउन सरकारको ध्यानाकर्षण गराए।

यस्तै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा ४० प्रतिशत बढि अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताए।

यस्तै उहाँले सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन सुझाव दिए । देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमा औद्योगिक विकास र अवसर सिर्जना गर्न सकेमात्र युवा पलायन रोक्न सकिने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit