Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

शेरवहादुर देउवा र आरजु राणा विरुद्ध पक्राउ पुर्जी जारी

शेरवहादुर देउवा र आरजु राणा विरुद्ध पक्राउ पुर्जी जारी
विज्ञापन
Advertisement

काठमाडाैं । पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र आरजु राणा विरुद्ध प्रकाउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको मागबमोजिम जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी दिइसकेको स्रोतले जनाएको छ । उनीहरुविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सिलसिलामा विभागले अनुसन्धानका लागि पक्राउ पुर्जी लिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा त्यहाँ भण्डारण गरी राखिएको ठूलो परिमाणमा विभिन्न देशका नगद जलेको अवस्थामा फेला परेको थियो। सोही पैसाको स्रोत खोज्दै विभागले अनुसन्धान तीव्र पारेको बुझिएको छ । देउवा दम्पती हाल उपचारको बहानामा देश बाहिर छन्। सिंगापुरबाट हङकङ पुगेका उनीहरूलाई स्वदेश फर्काउन सरकारले इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी गरिरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारले पूर्व प्रधानमन्त्रीदेखि उच्च पदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेसँगै पुराना दलका शीर्ष नेतृत्व देखि विचौलियासम्म हाल कानूनी घेरामा धमाधम परिरहेका छन् ।

सरकारले केवल नेताहरूलाई मात्र नभई उनीहरूलाई आर्थिक टेवा पुर्‍याउने भनिएका व्यापारिक घरानाहरूमाथि पनि छापा मार्ने क्रमलाई निरन्तरता दिएको छ ।

दीपक भट्ट र दिपक खड्का पक्राउ : इन्फिनिटी होल्डिङ्सका प्रमुख एवं विवादित व्यवसायी दीपक भट्टलाई बिहीबार नक्सालबाट पक्राउ गरिएको थियो। उनीमाथि शंकास्पद वैदेशिक कारोबार र सम्पत्ति शुद्धीकरणको अभियोग छ। विभागले पूर्वमन्त्री दिपक खड्का र बिचौलियाको रूपमा चर्चित दिपक भट्टमाथि विशेष अनुसन्धान गरिरहेको छ।

शंकर अग्रवाल हिरासतमा :  भट्टसँगको शंकास्पद आर्थिक लेनदेन र इन्फिनिटी होल्डिङ्ससँगको कारोबारको सिलसिलामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरू दुवैमाथि अहिले सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। शंकरका छोरा शुलभ अग्रवाललाई समेत सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा ल्याइएको छ।

ओली र लेखक अझै हिरासतमा
यसअघि १४ गते नै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कार्की आयोगको प्रतिवेदनका आधारमा थुनामा राखी अनुसन्धान भइरहेको छ। उनीहरूलाई जेनजी आन्दोलन दमनका क्रममा भएको मानवीय क्षतिमा मुख्य दोषी ठहर्याइएको छ । अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि उनीहरूलाई हाल सुरक्षा घेराभित्र हिरासतमा राखिएको छ। पूर्व गृहमन्त्री प्रहरी हिरासतमा रहेका छन् भने पूर्व प्रधानमन्त्री ओली स्वास्थ्य अवस्थाका कारण टिचिङ अस्पतालमा छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit