काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको व्यावसायिक दक्षता वृद्धि गर्न महेन्द्रनगरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत छनोट भएका सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १६० जना अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले तालिम दिएका हुन् ।
प्रशिक्षणमा बीमा क्षेत्रको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडी आरटी ) लक्ष्य पूरा गर्ने रणनीतिबारे छलफल गरिएको थियो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले मायाको चिनोसहित सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्