Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

वकिललाई सिंहदरबार प्रवेश सहज बनाइदिन प्रधानमन्त्रीलाई बारको आग्रह

वकिललाई सिंहदरबार प्रवेश सहज बनाइदिन प्रधानमन्त्रीलाई बारको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसर प्रवेशमा अवरोध सिर्जना गरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सिंहदरबारभित्र रहेका प्रशासकीय अदालत लगायतका निकायहरूमा बहस पैरवीका लागि जानुपर्ने कानुन व्यवसायीहरूलाई केही दिनदेखि प्रवेशमा रोक लगाइएको उल्लेख छ। ‘विगत केही दिनदेखि सिंहदरबार प्रवेशमा अवरोध सिर्जना भएपछि बारले पटक(पटक सम्बन्धित निकायको मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन’ जारी विज्ञप्तिमा भनिएको छ।

कानुन व्यवसायीहरूले सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र प्रशासकीय अदालत लगायतका विभिन्न न्यायिक निकाय र प्राधिकरणहरूमा पक्षको प्रतिनिधित्व गर्दै उपस्थित हुनुपर्ने बाध्यता रहेको भन्दै नेपाल बारले विगतमा जस्तै कानुन व्यवसायीको परिचयपत्रको आधारमा निर्वाध रूपमा सिंहदरबार परिसर प्रवेश गर्न पाउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit