Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भट्टले गरे पदबहाली

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भट्टले गरे पदबहाली
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले बुधबार आफ्नो पदबहाली गरेका छन्। सिंहदरबारस्थित आयोगको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

पदबहालीका क्रममा आयोगका सचिव तथा अन्य कर्मचारीहरूको टोलीले उनलाई स्वागत गरेको थियो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

को हुन् उपाध्यक्ष भट्ट

डोटी स्थायी ठेगाना भएका डा. भट्ट अर्थशास्त्रका विज्ञ हुन्। उपाध्यक्ष भट्टले यसै विषयमा विद्यावारिधि गरेका छन्। नीति अनुसन्धान र आर्थिक विश्लेषणमा उनको लामो अनुभव र दखल रहेको छ। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा रहेका उनी गभर्नरको दाबेदारका रूपमा समेत चर्चामा थिए। यद्यपि, गभर्नरमा विश्व पौडेल नियुक्त भएपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।

देशको अर्थतन्त्रले बाह्य र आन्तरिक चुनौतीहरू सामना गरिरहेका बेला आगामी योजना निर्माण र नीतिगत सुधारमा एक अर्थशास्त्रीका रूपमा परिचित भट्टको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit